ठगी आरोपमा एक भारतीय पक्राउ
८ असोज, रौतहट । अनलाइनबाट ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले हिरासतमा लिएको छ ।
संखुवासभाकी एक युवतीलाई अनलाइनबाट ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा भारतको सिलगुडीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरिय अपराध महाशाखाको टोलीले आज नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार क्षेत्रीले ती किशेरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्दै काँकडभिट्टाको बैंक खाता नम्बर उक्त रकम ठगेका थिए ।
ती युवतीले खातामा पैसा जम्मा गरेपछि, क्षेत्रीले दुवै खाताको पैसा काँकडभिट्टामा आएर उक्त ५ लाख रुपैयाँ लिएर गएको प्रहरीले जनाएको छ ।
ठगी आरोपमा पक्राउ परेको भारतीय नागरिकमाथि यसबारे अनुसन्धान सुरु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।