नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैँ

   ८ आश्विन २०७८, शुक्रबार १२:३०  

८ असोज, रौतहट । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसेको छ ।

शुक्रबार च्यासलमा बोलाइएको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विभिन्न निवेदन र प्रस्तावमाथि आज र शनिबार दुईमा छलफल गरेर पारित गर्ने तयारी रहेको छ ।
यही असो १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन भएन, भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय हुने भएको छ ।