आज राष्ट्रियसभाको दोस्रो बैठक सुरु

   ८ आश्विन २०७८, शुक्रबार ११:५८  

८ असोज, रौतहट । राष्ट्रियसभाको आज दोस्रो बैठक सुरु भएको छ ।

शुक्रबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी नै छ । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका छन् ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिएको छ ।