मोबाइल चोरेकोआरोपमा बर्दियाबाट २ जना पक्राउ

   ७ आश्विन २०७८, बिहीबार १५:११  

७ असोज, रौतहट । बर्दियाबाट मोबाइल चोरेको आरोपमा दुई जनलाई प्रहरीले पक्राउ गरेको छ ।

सटर फुटाएर पसलबाट मोबाइल चोरेको अभियोगमा बाँकेको डुडुवा गाउँपालिका बस्ने ४० वर्षीय मुसा कुरेसी र सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बढैयाताल गाउँपालिका ६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर दुवै जनाले बुधबार राति २ बजेतिर मोवाइल चोरेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका इस्लाम दिनमाथि अनुसन्धान गर्दा चोरीमा संलग्न मुसा रहेको कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।