सवारी दुर्घटना हुदाँ उदयपुरमा एकको मृत्यु

   ७ आश्विन २०७८, बिहीबार १४:०६  

७ असोज, रौतहट । सवारी दुर्घटनामा परी उदयपुरमा एक जनाको मृत्यु भएको छ । जिप र मोटरसाइकल आपसमा ठोक्किदाँ उदयपुरको बेलका २ बस्ने ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो ।

बेला नगरपालिका ९ खारखोलामा जिपको ठक्करबाट मोटरसाइकल खस्दाँ राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नम्बरको बोलेरो जिपले बेलका ९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नम्बरको मोटरसाइकलमा सवार राईलाई बुधबार दिउँसो नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएको निजलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा ल्याएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोेलेरो र चालकलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।