मन्दिरमा पासो लगाई एक जनाले गरे आत्महत्या

   ७ आश्विन २०७८, बिहीबार १२:५५  

७ असोज, रौतहट । रौतहटको फतुवा विजयपुरमा आज एक जनाले पासो लगाई आत्महत्या गरेको छ ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ रामदासी बस्ने ५५ वर्षीय बच्चु साह (कलवार)को शव बिहीबार बिहान मन्दिरको घण्टिमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ब्राह्मबाबाको मन्दिरको घण्टिमा साहलाई झुण्डिएको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । पासो लगाई आत्महत्या गरेको खबर पाए लगतै इलाका प्रहरी कार्यालय फतुवा विजयपुरबाट खटिएको टोलीले मृतकको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा पठाएको छ ।
घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।