करेन्ट लागेर बारामा एक जनाको मृत्यु

   ७ आश्विन २०७८, बिहीबार १२:११  

७ असोज, रौतहट । बारामा करेन्ट लागेर आज एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदीन अन्सारीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा मोटर बनाउँने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको अन्सारीलाई उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्त्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि अस्पतालमा राखीएको प्रहरीले जनाएको छ ।