राष्ट्रिय सभाको बैठक स्थगित, असोज ७ गते बस्ने

   ५ आश्विन २०७८, मंगलवार १४:५२  

५ असोज, रौतहट । एमालेका सांसदहरुले अवरोध सृजना गरेका कारण आज स्थगित भएको राष्ट्रिय सभाको बैठक अगामी ७ गते बस्ने भएको छ ।

मंगलबार दिउँसो १ बजे बसेको राष्ट्रिय सभाको बैठक असोज ७ गते (बिहीबार) दिउँसो २ बजेसम्मको लागि स्थगित गरिएको छ । एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।