राष्ट्रिय सभाको बैठक आज बस्दैँ
journey fortech
५ आश्विन २०७८, मंगलवार ११:२९
५ भदौँ, रौतहट । आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीनवटै विधेयक पेस गर्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अध्यादेशबाट पारित गरेको बजेटलाई संशोधन गर्न ल्याईएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले हिजो पास गरेको थियो ।
आजको बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत हुने भएको छ ।