आज थपिए १०९५ संक्रमित, २ हजार ९५७ जना कोरोनामुक्त
४ असोज, रौतहट । आज नेपालमा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १३ हजार ८ सय १७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २ हजार ९ सय ५७ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको स्वास्थ्य मनत्रालयले जनाएको छ ।
त्यसैगरी यो अवधिमा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४८ पुगेको छ ।