थप ७३४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

   ३ आश्विन २०७८, आईतवार १६:५८  

३ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३४ जनामा कोरोना संत्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ६ सय ५६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, बितेको २४ घण्टामा २ हजार ७ सय ९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८ जनामा एन्टिजेन संक्रमण पुष्टि भएके छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको छ । त्यसैगरी यो अवधिमा थप १ हजार ४ सय १३ जना कोरोनामुक्त भएका हुन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ४९ हजार २ सय १३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४० पुगेको छ ।

हाल नेपालमा २४ हजार ३ सय १३ संक्रमित उपचाररत छन् ।