पोखरीमा डुबेर दुई युवकको मृत्यु

   ३ आश्विन २०७८, आईतवार १४:५१  

३ असोज, रौतहट । पोखरीमा डुबेर वीरगञ्जमा दुई युवकको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका १५ बस्ने १७ वर्षीय मुन्ना भन्ने आशिषकुमार साह र १२ वर्षीय प्रितमकुमार साहको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो २ बजेतिर नै घरबाट निस्किएको उनीहरु साँझसम्म नआएपछि, आफन्तहरुले खोजी सुरु गरेको थियो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार वीरगञ्ज–१२ स्थित मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि शंकास्पद अवस्थामा पोखरीमै खोजी शुरु गरिएको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी तराई अस्पतालमा ल्याइएको थियो । तर, चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो ।