राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

   ३ आश्विन २०७८, आईतवार १२:२५  

३ असोज, रौतहट । संविधान दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण र पदक प्रदान गरेकी हुन् ।

आइतबार परेको असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिले एक जनालाई नेपाल रत्न, दुई जनालाई राष्ट्र गौरव, पाँच जनालाई महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी प्रदान गरेकी छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले प्रदान गरेकी विभूषण, अलङ्का र पदक पाउनेहरूको नाम आजको गोरखापत्रमा प्रकाशित भएको छ ।