नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैँ

   ३ आश्विन २०७८, आईतवार १०:५१  

३ असोज, रौतहट । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप आइतबार दिउँसो १२ः३० बजेतिर बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आज बस्ने बैठक अघि संविधान दिवसबारे कार्याक्रम आयोजन गरिएको छ । संविधान दिवसको अवसरमा निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम सम्बोधन गदैँछन् ।

तामाङका अनुसार सोमबार पनि स्थायी कमिटी बैठक बोलाइएको छ ।