सुर्खेतबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ
२ असोज, रौतहट । सुर्खेतबाट रेडपाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलखको ठाँटीकाध गाउँपालिका ६ निवासी ३३ वर्षीय विष्णु रावत, कालीकोटको रास्कोट नगरपालिका ८ बस्ने २८ वर्षीय मनबहादुर बुढा, नारायण नगरपालिका १० का २५ वर्षीय नरेन्द्र थापा र २१ वर्षीय पूर्ण बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा खटिएको टोलीले चारै जनालाई होटलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको शाहीले जनाए । प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले रेडपाण्डाको आफूहरू छाला र्पुयाउनमात्र आएको र यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको स्वीकारेका छन् ।
यसबारे उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।