जोरपाटीबाट २० जुवाडे पक्राउ

   २ आश्विन २०७८, शनिबार १४:१८  

२ असोज, रौतहट । काठमाडौँको जोरपाटीबाट २० जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौंको जोरपाटीबाट उनीहरुलाई जुवाखालबाटै हिरासतमा लिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटीस्थित तिब्बतीयन क्याम्पभित्र तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरबाट शुक्रबार गएराति करिब ११ बजेतिर उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको टोलीले ४ लाख ७४ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ सय ६४ वटा कोइन, कौडा तथा विभिन्न बैंकका चेक समेत प्रहरीले बरामद गरेको छ । नियन्त्रणमा रहेको उनहरुमाथि यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।