सिरहाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
२ असोज, रौतहट । सिरहाबाट नक्कली नोटसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित भारत बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा न नम्बर १३ बस्ने २२ वर्षीय पिन्टु कुमार र सोही स्थानका १२ वर्षीय रितेश कुमारलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
शुक्रबार गएराति करिब ८ बजेतिर औरही बजारमा फलफूल किन्दै गरेको उनीहरुलाई शंकास्पद अवस्थामा चेक जाँच गर्दा उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नक्कली नोट बरामद गरिएकोे थियो ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।