विश्वभर ४६ लाख भन्दा बढी संक्रमितको मृत्यु
२ असोज, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट हालसम्म ४६ लाख ७८ हजार ८ सय २२ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का अनेकन भेरियन्ट देखा परेका छन् । कोरोनाको नयाँ भेरिएन्ट आएसंगै संक्रमण दरमा वृद्धि हुदँै गएको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख ७८ हजार ८२२ जनाले कोरोना संक्रमणाको कारण ज्यान गुमाइसकेका छन् । यस्तै, विश्वभर कोरोना भाइरस (कोभिढ १९) बाट संक्रमित हुनेहरुको कुल संख्या २२ करोड ७६ लाख ११ हजार ९ सय ९४ पुगेको छ ।
कोभिड १९ बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकमा पहिलो नाम आउने देश अमेरिका रहेको हो । संक्रमणका कारण अमेरिकामा हालसम्म ६ लाख ७२ हजार ६३५ जनाको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिलमा हालसम्म ५ लाख ८९ हजार ५७३ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी, संक्रमण दरको हिसाबले भारत दोस्रो स्थानमा आएको छ, भने मृत्यु दरबाट देस्रो स्थानमा भारत आएको छ । भारतमा हालसम्म ४ लाख ४४ हजार २४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ७० हजार ५३८, पेरुमा १ लाख ९८ हजार ८९१, रुसमा १ लाख ९३ हजार १११, बेलायतमा १ लाख ३५ हजार ३१४, इटालीमा १ लाख ३० हजार २३३ र कोलम्बियामा १ लाख २५ हजार ८२६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । एजेन्सी