थप १५५८ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

   १ आश्विन २०७८, शुक्रबार १६:४६  

१ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ६ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ८६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, बितेको २४ घण्टामा ३ हजार ७ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ७२ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जना कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । यससहित हालसम्म देशभर संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार १२ पुगेको छ ।

हाल नेपालमा उपचाररत कोरोना संक्रमितको कुल संख्या २५ हजार ४ सय ९७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।