बाँकेमा कञ्चनपुरकी संक्रमित महिलाको मृत्यु
journey fortech
१ आश्विन २०७८, शुक्रबार १५:३४
१ असोज, रौतहट । बाँकेमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ५ की ५८ वर्षीया महिलाको आज बिहान ११ः३० बजेतिर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि, गत भदौ २९ गते उपचारको लागि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । पीसीआर परीक्षण गर्दा उनमा भदौँ ३० गते कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको थियो ।