मोरङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
१ असोज, रौतहट । दुई नाल भरुवा बन्दुकसहित एक जनालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ५ निवासी ४३ वर्षीय जगतबहादुर लिम्बू रहेको विराटनगरका प्रहरी प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।
राईका अनुसार घरमा बन्दुक लुकाएर राखिएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले लिम्बूलाई बिहीबार साँझ घरैबाट पक्राउ गरिएको थियो । घरमा लुकाई छिपाई राखेको अवस्थामा दुई नाल भरुवा बन्दुक फेला परेपछि निजलाई पनि हिरासतमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेको उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।