चोरिएको मोटरसाईकलसहित एक जना पक्राउ
journey fortech
१ आश्विन २०७८, शुक्रबार १४:०४
१ असोज, रौतहट । रौतहटबाट चोरिएको मोटरसाइकलसहित आज एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय रुपक झालाई चोरिएको मोटरसाइकलसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ३ विपी चोक स्थितमा ना.५२ प १५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा झालाई आज दिउँसो करिब १ बजेतिर पक्राउ गरिएको हो ।
पक्राउ परेको झामाथि यसबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।