दाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

   १ आश्विन २०७८, शुक्रबार १३:२५  

१ असोज, रौतहट । १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा दाङबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका १३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकालाई ललाईफकाई लगेर सामूहिक बलात्कार गरेको आरोपमा कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका ११ बेलटाकुरामा बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भई हाल फरार भएको अर्का एक जना अपराधिको पनि खोजी भइरहेको प्रहरीले जनाए ।
बालिकालाई गत भदौ २७ गते दिउँसो करिब ४ बजे मोटरसाइकलमा हालेर होटलमा लगी सामूहिक बलात्कार भएको भन्दैँ उजुरी परेसंगै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले सुनारलाई हिरातमा लिएको तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।