नेपालमा थपिए १ हजार ५११ संक्रमित, ११ जनाको मृत्यु

   ३१ भाद्र २०७८, बिहीबार १६:५८  

३१ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार २ सय ८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, बितेको २४ घण्टामा ३ हजार ९ सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ४६ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएका छन् ।