पर्साबाट ३८ लाख रुपैयाँसहित २ जना पक्राउ

   ३१ भाद्र २०७८, बिहीबार १२:०१  

३१ भदौँ, रौतहट । स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज ६ माइस्थान चोर स्थित रहेको कन्हैयाप्रसाद सोनारले घरमै संचालन गरेको सुनचाँदीको पसल (केपी स्वर्ण कला)केन्द्रमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

सो पसलमा प्रहरीले छापामारी गर्दा केन्द्रका सञ्चालक कन्हैयाप्रसाद सोनार र बाराको परवानीपुर ३ निवासी दिपककुमार सर्राफलाई अवैध रकमसहित नियनत्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीहरुको साथबाट ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।