सिरहाबाट ५ किलो चाँदीसहित दुई भारतीय पक्राउ
३१ भदौँ, रौतहट । ५ किलो चाँदीसहित सिरहाबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध चाँदीसहित भारतको मधुवनी जिल्ला खुटोना बस्ने रवी महतो र पिन्टु महतोलाई हिरासतमा लिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
लहानका सुनचाँदी व्यवसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका दुवै जनालाई सिरहाको ठाडी नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लहानमा पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको छ ।