आज थप १ हजार ७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

   ३० भाद्र २०७८, बुधबार १६:५५  

३० भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार ५ सय २४ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ३ सय ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा ४ हजार ३ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय २८ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी बितेको २४ घण्टामा थप १ हजार २ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ७ जनाले कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण ज्यान गुमाएका छन् ।