रौतहटमा१३ संक्रमित थपिए ।
९ असार, रौतहट ।
रौतहटमा आज एकै दिन कोविड १९ (कोरोना) का १३ संक्रमित थपिएका छन । हिजो रौतहटमा ३४ संक्रमति थपिएका थिए । आज थपिएका १३ जना सँगै रौतहटमा संक्रमितको कुल सँख्या १ हजार ७२ पुगेको छ ।
पछिल्लो समय रौतहटमा क्वारेन्टीनमा बस्नेको संख्या घटन थालेको छ । एक महिना अघि सम्म भरीभराउ रहेका रौतहटका क्वारेन्टीनमा बस्नेको संख्या पातलिदै गएको छ । विदेशबाट फर्किने र क्वारेन्टीनमा बस्नेको सँख्या कम भए पछि केही पालिकाहरु रहेको क्वारेन्टीनलाई बन्द गरिएको छ ।
रौतहटका लगभग दुई दर्जन क्वारेन्टीनमा हाल १ सय ३३ महिला र १ हजार ३ तिन सय ७४ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । अझै पनि रौतहटका १ हजार ५ सय ३० जनाको स्वाब परिक्षणको रिपोर्ट आउन बाकी रहेको छ । रौतहटमा संक्रमण देखिएका १ हजार ७२ मध्ये झण्डै ४ सय भन्दा बढी निको भएर घर फर्कि सकेका छन ।