कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु

   ३० भाद्र २०७८, बुधबार १३:४७  

३० भदौँ, रौतहट । एम्बुलेन्सको ठक्करबाट आज कञ्चनपुरमा एक पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए ।

घाइते ऐरलाई उपचारको लागि सेती प्रादेशिक अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले जानकारी दिए ।

ठक्कर दिने एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका १६ बस्ने अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।