आजदेखि कक्षा १२ को परीक्षा सुरु

   ३० भाद्र २०७८, बुधबार ११:४६  

३० भदौँ रौतहट । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।

कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्ष बुधबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजदेखि सुरु भएको परीक्षा अगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ ।

परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

यसअघि गत साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक भएपनि कोरोनाको जोखिम कायमै रहेको भन्दै स्थगित गरिएको थियो ।