आफ्नै शिशुको हत्या आरोपमा दम्पती पक्राउ
२९ भदौँ, रौतहट । आफ्नै शिशुको हत्या आरोपमा रुपन्देहीबाट दम्पती पक्राउ परेका छन् ।
घरको छतमा आफ्नै ८ महिने शिशुको घाँटी रेटेर हत्या गरेको अभियोगमा गैडहवा वडा नम्बर ६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाहलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
घरायसी विवादका कारण यही भदौँ २६ गते (शनिबार) दिउँसा करिब १ बजेतिर उनीहरुले आफ्नै शिशुको घाँटी रेटेर हत्या गरेका थिए ।
पक्राउ परेका दम्पतीले शिशुको हत्या गरेको स्वीकारेको छ । उनीहरुमाथि यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।