थप १ हजार ४८६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

   २८ भाद्र २०७८, सोमबार १६:४८  

२८ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार १ सय ४९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, बिगत २४ घण्टामा थप १ हजार २ सय ६० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या ७ लाख ४० हजार ७ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट यो अवधिमा थप १६ जनाले ज्यान गुमाएका छन् । यससहित हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ९ सय ६५ पुगेको छ ।

हाल नेपालमा २६ हजार ६ सय ३० संक्रिय कोरोना संक्रमित रहेको छ ।