सुशान्तकी प्रेमिका रियाविरुद्ध सुशान्तका पिताको उजुरी

   १४ श्रावण २०७७, बुधबार १५:३५  

साउन १४, रौतहट । नायक सुशान्त सिंह राजपुतको निधनपछि मुम्बई प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान पनि प्रहरीले लिइसकेको छ ।

तर, अब यो घटनाले नयाँ मोड लिएको छ । सुशान्तका पिता केक सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । उनले, सुशान्तलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै उजुरी दिएका हुन ।

पटन प्रहरीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, चारजनाको समुह मुम्बई पठाइएको छ । उनीहरुले महत्वपूर्ण प्रमाणहरु संकलन गर्ने प्रहरीले गरेको छ ।

सुशान्तसँग प्रेम सम्बन्धमा रहेको समयमा रियाको प्रेम निर्देशक महेश भट्टसँग पनि रहेको चर्चा भारतीय मिडियामा हुने गरेको छ । आफूविरुद्ध उजुरी परेपछि रियाले आफ्नो वकिलसँग भेटघाट गरेकी छिन ।

नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।