हुण्डी कारोबार गर्ने एक जना पक्राउ
२८ भदौँ, रौतहट । हुण्डी कारोबारमा संलग्न भएका एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने वीरगञ्जका ४३ वर्षीय महमद आसिफ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतबाट वीरगञ्जतर्फ आउदैँ गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई रोकी चेक जाँच गर्ने क्रममा निजले लगाएको हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाई छिपाइ राखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाट अन्सारीलाई आज हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको अन्सारीमाथि यसबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।