एमसीसीविरुद्ध आज विप्लव समूहको प्रदर्शन

   २८ भाद्र २०७८, सोमबार ११:१४  

२८ भदौँ, रौतहट । एमसीसीको विरोधमा आज नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

यही भदौँ २६ गते (शनिबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) करिब तीन र चार वर्षअघि नै सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दैँ सरकारले राष्ट्रको लागि घात्क भएपनि प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको समेत आरोप लगाएका थिए ।

सोमबार अपराह्न १२ बजेदेखि एमसीसीविरुद्ध प्रदर्शनसहित डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना समेत गरिएको स्रोतले जनाएको छ ।

भदौँ २४ गते (बिहीबार) ४ दिनको भ्रमणमा नेपाल आएकी एमसीसीको उपाध्यक्ष फतिमा सुमार आइतबार स्वदेश फर्किसकेकी छन् ।