तीज कार्यक्रमकै बेला झडप ७ जना घाइते, २ जना पक्राउ
२७ भदौँ, रौतहट । तीज कार्यक्रमकै बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका १ भेटघाट शिविरमा शनिबार राति ८ बजेतिर दुई पक्षबीच भएको झडपमा घाइते भएका ७ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी तीज कार्यक्रम हेर्ने गएका दुई समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले जानकारी दिए । घाइते भएका सातै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बोहराका अनुसार झडपका क्रममा कुटपिट गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसनधान भइरहेको छ ।
झडपमा संलग्न भएका बाँकी ८ १० जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।