गुल्मीमा एक बालिकाको शव फेला
२७ भदौँ, रौतहट । गुल्मीमा आज बिहान एक बालिका मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडिखोरकी ३ वर्षीया आयुशा पोखरेलको शव फेला परेको गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रदास पाण्डेले जानकारी दिए ।
शनिबार बिहान करिब ११ बजेतिर खेल्ने क्रममै घरबाट हराएकी थिइन् । बालिका बेपत्ता भएलगतै आफन्तले प्रहरीमा खबर गरेका थिए ।
३ वर्षीया बालिका हराएकी उजुरी परेसंगै इलाका प्रहरी कार्यालय पुर्काेट दहबाट खटिएको टोलीले आइतबार बिहान घरबाट करिब ५०० मिटर पर खोलसामा ती बालिकाको शव फेला पारेको पाण्डेले जनाए ।
यस घटनाबारे आवश्य अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।