अवैध रुपमा ल्याइएको सामानसहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

   २७ भाद्र २०७८, आईतवार १२:१८  

२७ भदौँ, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको सामानसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक राजेश्वर प्रसाद साहको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज–१७ अलौंस्थित आईसीपी रोडबाट ना २ ख ९३५७ नम्बरको ट्रकलाई सामानसहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार भन्सार छलेर ल्याएको सामानसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

अवैध रुपमा ल्याईएको विभिन्न किसिमको औषधि तथा किराना पसलका सामानहरुको मूल्य करिब २५ लाख ९५ हजार ३ सय ७६ रुपैयाँ बरामर रहेको सशस्त्र प्रहरीले जनाएको छ । फरार भएको ट्रकको चलकको खोजी भइरहेको छ ।