जारी प्रतिबन्धविरुद्ध टर्कीमा प्रदर्शन
टर्की । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै नागरिकले टर्की सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले मास्क नलगाइ राजधानी स्तानबुलमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा २ हजार बढीले सहभागिता जनाएको अन्तर्राट्रिय संचारमाध्महरुले उल्लेख गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘मेरो शरीर मेरो निर्णय’, ‘स्वतन्त्रता स्वतन्त्र छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनिहरुले प्रतिबन्धको सट्टा कोरोना संक्रमणविरुद्धको खोप अभियान तीव्र बनाउनुपर्ने माग गरेका छन् ।