सुनचाँदीको मूल्यमा सामान्य गिरावट
journey fortech
२७ भाद्र २०७८, आईतवार ११:१४
२७ भदौँ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको बिक्री आज प्रतितोलामा ९० हजार ३ सय रुपैयाँमा भइरहेको छ ।
यस्तै, आइतबार तेजावी सुनको कारोबार तोलामा ९८ हजार ८ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोलामा १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार २ सय १५ रुपैयाँमा भएको थियो ।






