मानव बेच बिखन गर्ने दुई महिला पक्राउ
२६ भदौँ, रौतहट । मानव बेच बिखन गरेको अभियोगमा सिरहाबाट दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानिस ओसार पसार गरेको आरोपमा सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका १ बाखैरकी ३५ वर्षिय उषा देवीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई भारततर्फ लैजादैँ गरेको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
लहान आश्रममा मासिक ५० हजारको तलब दिने जागिर लगाई दिन्छु भन्दैँ ललाई फकाई उनीहरुले लैजादैँ गरेको दुवै किशोरीलाई प्रहरीले उद्धार गरिएको श्रेष्ठले बताए ।
मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला जिल्ला अदालत सिरहाबाट म्याद थप अनुमति लिई पक्राउ परेकी दुवै महिलामाथि यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।