बैतडी र दार्चुलामा भूकम्पको धक्का
२६ भदौँ, रौतहट । आज बिहान बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान करिब ६ः१३ बजेतिर सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे हाल कुनै जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान महसुु गरिएको भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ ।