सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
२६ भदौँ, रौतहट । सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका ८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका ८ बस्ने ३० वर्षीय सुलभ गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ५५ प ९९७९ नम्बरको मोटरसाइकल खनारबाट दुहबीतर्फ आउँदै गरेको र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को १ क ३३९५ नम्बरको ट्रकले शुक्रबार ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएको गिरीलाई उपचारको लागि अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको कार्कीले जनाए ।
ठक्कर दिने ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई हिरासतमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।