नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलायो, कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने

   २५ भाद्र २०७८, शुक्रबार १३:१६  

२५ भदौँ, रौतहट । नेपाल प्रहरीले विभिन्न पदमा यही भदौँ २८ देखि कात्तिक ७ गतेसम्म भर्ना खुला गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागले शुक्रबार प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको जनाएको छ ।

नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सूचना प्रतिनिधि निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशाला तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरिएको सूचनामा उलेख्ख गरिएको छ ।