सर्वाेच्चमा आज आलमको मुद्दामा सुनुवाई हुने

   २५ भाद्र २०७८, शुक्रबार १२:२०  

२५ भदौँ, रौतहट । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा आज सर्वोच्च अदालत सुनुवाइ हुने भएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी आलमको पेशी तोकिएको छ ।
नख्खु कारागार थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

इँटा भट्टामा जिउँदै मानिसलाई जलाएर मारेको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला र उच्च अदालतले थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालत र उच्च अदातलले दिएको आदेशविरुद्ध आलमले सर्वाेच्चमा थुनामुक्त हुनको लागि दिएको निवेदनमाथि आज सुनुवाई हुने छ ।