विराटनगरबाट गाँजासहित एक जना पक्राउ

   २५ भाद्र २०७८, शुक्रबार ११:४७  

२५ भदौँ, रौतहट । विराटनगरबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार राति लागूऔषध गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय सागर राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिआरभी पोस्ट भट्टाचोकबाट खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा राईको साथबाट १० किलो गाँजा फेला पारेको थियो । बिहीबार राति ८ बजेतिर निजलाई उक्त लागूऔषसहित हिरासतमा लिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिसीले जनाए ।