चट्याङ लागेर रुपन्देहीमा १ युवकको मृत्यु
२५ भदौँ, रौतहट । चट्याङ लागेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता सत्य नारायण थापाका अनुसार बिहीबार साँझ करीब ५ः३० बजे यादवसहित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो ।
श्यामसुन्दरसँगै घाँस काट्न गएको ११ वर्षीय सन्तोष यादव, मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव समेत घाइते भएको थापाले जनाए ।
घाइते भएका ५ जनाको भैरहवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।