भन्सार छलेर ल्याइएको १० क्विन्टल सुपारी बरामद

   २४ भाद्र २०७८, बिहीबार १३:५६  

२४ भदौँ, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको १० क्विन्टल सुपारी सशस्त्र प्रहरीले बरमद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीको सीमा इलाकाबाट बेवारिसे अवस्थामा १० क्विन्टल सुपारी बरमद गरेको हो ।

भन्सार छलेर ल्याएको सुपारी २० वटा बोरामा राखिएको अवस्थामा बरामद गरिएको गणका सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतले जानकारी दिए ।

बेवारिसे अवस्थामा बरामद भएको उक्त सुपारीको मूल्य करिब ६ लाख रुपैयाँ बराबर रहेको बस्नेतले जनाए । अवैध रुपमा भारतबाट ल्याइएको सुपारीलाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।