ललितपुरमा पसलभित्रै एक महिलाको शव फेला
२४ भदौँ, रौतहट । ललितपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । ललितपुरस्थित एक पसलभित्रै ३२ वर्षीया महिलालाई बलात्कर गरी हत्या भएको हो ।
महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनसाथै महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले टोलीले बुधबार महालक्ष्मी नगरपालिका ९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगरलाई पक्राउ गरेको प्रहरीले जनाए ।
हिरासतमा रहेको मगरमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।