चारदिने भ्रमणमा एमसीसी उपाध्यक्ष सुमार आज नेपाल आउँदै
२४ भदौँ, रौतहट । नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको अवस्था बुझ्न आज एमसीसीकी उपाध्यक्ष फतिमा सुमार आउने भएकी छिन् ।
बिहीबार कतार हुँदै नेपाल आउन लागेकी फतिमा सुमार एमसीसी परियोजना देशमा स्वीकार गर्ने कि नगर्ने बन्ने बुझ्न आउने भएकी हुन् । आज आउने भएकी सुमार चारदिने भ्रमणका साथै एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसंग छलफल समेत गर्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उपाध्यक्ष सुमार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगाएत विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरुसंग छलफल गर्ने बताइएको छ ।